Thursday, November 1, 2018

नभनिएका सब्दको समवेदना मलाई ....

ति सब्द घाटीका द्वारहरु मा आज पनि अडिएका छन् र आज पनि मलाई प्रस्न गर्दछन !
हाम्रो अस्तित्व तब थियो जब यी भावना बगेर उसको दिल सम्म पुगेको भए मात्र ...
न तिमीले हाम्रो उच्चारण गरेउ , न तिम्रा भावनाका भेल बग्न पायो न उसको अतृप्त चाहानाहरु साकार भए ....
एउटा निस्पट्ट सुन्यताले तीन हत्या गरेउ तिमीले....उसको, तिम्रो र अन्जान तथा निर्दोष हामि सब्दको !

के गल्ति थियो र मेरो? म केवल एस्तो मस्तिस्कमा जन्मिए जो संग भावना उच्चारण गर्ने सामर्थ्य थिएन...
हेर यॊ दुनिया लाइ .....सब्दका सुनामीले मानिसको अंग अंग स्पर्श गरिरहेछन ! माया र घृणा दुवै ताल मा ताल मिलाई सब्द को सुरमा
नाचिरहेछन !! हामी सब्द को अस्तित्व तब थियो जब उ तिम्रो सामु थिई ! तिम्रो डरले मलाई निरुत्साहित पार्दै थियो...तिमीले मलाई कम्जोर
बनायोउ तर मनमा झिनो आसा थियो माया भरिए पछि एकदिन सब्दमा पोखिनेछन तर तिमीले माया सबै आखा बाट बगायोउ !

सब्द बाट पोखिएका भए आज तिम्रा भावना आखा बाट बग्ने थिएनन् होला !
हामी जिवन्त हुने थियोउ होला !
आज तिमि संग न सब्द छ न भावना....
बधाई छ तिम्रो हारको ....
आफु त मरेउ मरेउ कलिला सब्द लाई पनि गर्भमै मारेउ !!

1 comment:

My Precious Phone

 People can't live without their phones. Neither can I. I think phones are extremely precious and valuable. Thus, I have started storing...