Sunday, June 4, 2023

आमा

 बसन्तको हरियाली तिमीलाई

ब्राह्मणका खुसीहरू तिमीलाई

प्रेमको अज़ंबरी उपहार तिमीलाई

मेरा जितका पुरस्कार तिमीलाई 

अनि मलाई ?? 

हरेक जन्म तिम्रो कोख मलाई

अन्तिम साससम्म तिम्रो साथ मलाई

जीवनका सुस्केरामा तिम्रो हाथ मलाई

फलामलाई सुन बनाईदिने तिम्रो आसिर्वाद मलाई ❤️

तिम्रो मेरो आकाश एउटै भए

तिम्रो मेरो आकाश एउटै भए

हामीले टेकने माटो एउटै भए

हामीलाई छुने हावा एउटै भए

नयनले देखने संसार एउटै भए 


मेरो हातमा तिम्रो हात भए 

छातीमा तिम्रो अंगालोको राप भए

मेरो ओठमा तिम्रो स्वाद भए

मेरा गीतमा तिम्रो मुस्कान भए 


तिमी उता नभई यता भए 

हाम्रो दुरी सून्य भए 

माया गर्नुको मीठास कहाँ हुन्थ्यो  ? 

यादहरूको घुटकीमा सुबास कहाँ हुन्थ्यो  ? 


एक युगपछि फेरी ति हात समाऊँदा 

एक जूनीपछि फेरी तिमिलाईं चुम्दा

मेरो आत्माले पनि प्यास मेट्छ होला

मेरो आँत पनि तृप्त हुंछ होला 


तिमि   फेरि संगै हुने दिन 

ब्रह्माण्डले स्नान गर्नेछ 

ति निर्जीब दुर्जन ढूँगा बाट पनि 

मायाको मुहान फ़ुटनेछ !! 

Tuesday, March 21, 2023

ल माया ?

टाढा कुनै तालको किनारमा

चन्द्रमाँको छाता ओढ़ि 

 ताराहरू केलाउनेछु 

मेरो गिन्तीमा तिमी आफ़ना अम्ला भाँचिदिनु  


बिराट एक बंजर पहाडमा

तिम्रो मायाको डोरी समाई

 सपनाको सिखर चूमनेछु 

मेरो थाकेका पैतालाको हौसला बनिदिनु 


एउटा सानो घर  

त्यहा पुरानो बाकसमा 

तिम्रा दुःखहरू कैद गरिराख़नेछु 

मेरो सुखको बग़ैचामा असरल्लै फुलिदिनु  


आमाले दिएको सानो बट्टामा 

सात जन्मका क़सम सजाई राखेको छु 

ति सिन्दूरी रंगका कणकणमा

मेरो मूटु निचोड़ी माया अर्पी राखेको छु 

मुस्कुराउदै त्यसले आफ्नो सिऊदो रंगाईदिनु ल माया 

Sunday, June 26, 2022

आगोलाई राप दिएकी


आगोलाई राप दिएकी 

नदीलाई वहाब दिएकी 

हावालाई चाल दिएकी 

संगीतलाई राग दिएकी


लाग्छ संसार उसकै धुनमा कायल 

 मुस्कुराऊँदा जून हाँसीदिन्छ 

उसका सुस्केराहरू मा जीवनले सास फेर्छ

उसका मोहहरूमा झरनाले गीत गाउछ


लाग्छ यो कथा तिम्रो हो

यसमा  तिमीलाई माया गर्ने प्रेमी

लाग्छ यो कविता तिम्रो हो

यसमा छंद भर्ने  एक कवि 


तिम्रो निधारको कोठीले बोलाउछ मलाई

सिंदुरको धर्कोले लुकाईदेऊ मलाई भनेझै

तिम्रा केशका घुमतीहरूले बोलाउछन मलाई

रूमल्लीएर जीवन यहीं बिताईदेऊ भनेझै


तिम्रा हाथका नसाहरूमा 

मेरो माया बग्नुपर्छ

तिम्रा ओठका लालीहरूमा

मेरो खुसी पग्लिनुपर्छ

दुःख तिम्रा हुन मुटु कूड़ाउने

तर आँसु सबै मेरा बग्नुपर्छ


पहेलो सारी अनि कालो चोलीमा

तिमिले ब्राह्मणलाई ओगटेकि छौ

मेरो आदि अनि अन्त्य तिमी 

आफ़ना न्यानो अंगालोमा तिमिले

मेरो जीवन समेटेकि छौ ! 


सब्द रहूंजेल तिम्रो बयान गरिरहु

तिमीलाई हरेक दिन एकचित्तले पढ़ीरहु

आखा नबिझाऊंजेल तिमिलाई हेरिरहु

क़ोसौ टाढा भएपनि

तिमीलाई हावा बनि छोईरहूँ 

एक मुट्ठी सास साँचेर भएपनि

मात्र तिम्रा लागी बाँचीरहु ! 

Friday, June 24, 2022

माया गर्नेलाई त जस्ले नि माया गर्नसक्छ

 माया गर्नेलाई  जस्ले नि माया गर्नसक्छ 

तिमीलाई मायानै गर्न नसक्नेलाई माया गरी हेर

खुल्ने ढोका भित्र  जो पनि छिर्नसक्छ

बन्द ढोकाको अघि कुरेर जिवन बिताई हेर


तिमी कसैलाई अमृत पिलाएर हेर

तर उस्ले बदलामा बिस ओकलोस 

तिमी कसैलाई सासको डोरीले थामीरख

उस्ले तिमि अडिएको हाँगा काटीदीयोस


प्रेमका पत्रहरू हज़ार पाना भर

ति पानाहरू चूरोटको खिल्ली बनाई 

तिम्रो माया हावामा उड़ाईदीयोस ! 

तिम्रा आँखा उस्का सपनाहरूले टिलपिल हुन 

उस्का सपनाका बदला उस्ले

तिमिलाई अविरल आँसुको पुरस्कार देओस 


तिमी उस्लाई तेही गोरेटोमा कुरी बस

 ज़िन्दगीको गाड़ी हतारहतार चढोस 

तिमी मायाका कोकिल गीतहरू गाउ

वचनका वाणले उस्ले तिमिलाई घोचिरहोस


उस्लाई मायाले पग़ाल्ने कोसिस गरिराख 

 ढुङ्गो  बनोससबैले उस्को पूजा गरून 

उस्लाई भिड़को तालीमा रमाउन देऊ 

एक्लोपनको सिरेटोले तिमिलाई नै पोलिरहोस ! 


यस्तो माया ग़र तिमी

जसलाई गरेको उसले कहिले नबुझोस

तर इतिहासले तिम्रो माया सधै सम्झिरहोस !



Friday, June 10, 2022

भन माया तिमिले


मेरो आवाज सुनेबिना कटेका दिन तिम्रा

सुन्ने , सुन्य हूँदा हुन या हर्षले गदगद 

मेरो मुहार देखेबिना बितेका दिन तिम्रा

मलिननिरस हूँदा हुन या रंगीन उत्सव


मेरा अंगालोका रेखाभित्र सजाइएको

तिम्रो सरीर कुन बंधनमा बेरिएको होला

मेरा अम्लाका कापमा कसीएका

तिम्रो हाथ कुन समुंद्र चरदै होला


मलाई एक पल्ट पनि नसम्झी

मेरा सोच एक पल्ट पनि नकल्पी

मेरा कविता एकपल्ट पनि नपढि

भन कति दिन बित्यो ?

मलाई आफ़नो आँखाबाट टाढा बनाई 

मेरो प्रेमको तड़पनमा कति रात बित्यो


मैले छोएका तिम्रा सरिरका कुनाहरू 

कून अमृतले धोई पवित्र गर्ने होला ?

मैले चुमेका तिम्रा अंगका रागहरू

कून इत्तर छरी भगाउने होला ?

मेरो माया पोखाएर रित्तो बनाएको तिम्रो मुटु 

अब कसको प्रेमले फेरि भर्नसक्ने होला ?


ति यादका पोकालाई कहाँ लुकाई राख्नेहोला ?

मेरो प्यास कुन मूलको पानी खाई मेटाउनेहोला

भन माया तिमीले 

मेरो प्यास कुन मूलको पानी खाई मेटाउनेहोला?  




आमा

 बसन्तको हरियाली तिमीलाई ब्राह्मणका खुसीहरू तिमीलाई प्रेमको अज़ंबरी उपहार तिमीलाई मेरा जितका पुरस्कार तिमीलाई  अनि मलाई ??  हरेक जन्म तिम्रो...