बिरामीको चप्पल हेरेर उपचार गर्ने डाक्टर

बिरामीको चप्पल हेरेर उपचार गर्ने डाक्टर 
एक डाक्टरको अन्तरविरोध  
मैले दिनमा सालाखाला ३०-४० जना बिरामी हेर्ने गर्छु। जेनेरल ओपीडी र एमेरजेंसी गरेर फरक फरक प्रकृतिका रोग र विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक परिवेशका बिरामी हेर्ने अवसर मलाइ प्राप्त हुन्छ। । नेपालजस्तो देशमा बसेर दिनमा ३०-४० जना बिरामी हेर्नु भनेको सामान्य कुरा नै हो !  तर मेरो काम भन्दा मेरो कामले जन्माएको अन्तरविरोधले म ज्यादा थकित हुन्छु ! 
उपचार गर्दा मैले बिरामी को चप्पल हेर्नु पर्ने अवस्था छ / म कहाँ आएको बिरामीले कुन जाचहरु गर्न सक्छ, उसले कुन औसधि उपचार किन्न सक्छ भनेर म एकछिन आफै रुमल्लिन्छु र बिरामी संग केहि बेर गफ्फेर उसका दुख सुखहरु एकैछिन साटेर म औसधि उपचार र  टेस्टहरु लेख्ने गर्छु/ यो मेरो बाध्यता हो/ म चाहन्छु कि सबैजनाले एकै किसिमको उपचार पाउन तर पोल्टोमा वृद्धा भत्ता  जम्मा गरि उपचार खोज्न आएकी हजुरआमालाई उनको रोग अनुसारका सबै  जाँचहरु गराउने हिम्मत पनि  आउदैन / 
"यो जाँचहरु पछि गरौला डाक्टर साब, अहिलेलाइ औसधि मात्र  लेखिदिनुस" - मैले दिनभरिमा यही वाक्य सबैभन्दा बढी सुन्छु ! बिना जाँच, बिरामीको हिस्टोरि र मेरो क्लिनिकल चस्माले देखेसम्मको रोगको प्रकृतिलाइ केलाएर  उपचार गर्न बाध्य म एक डाक्टर ! बिरामीको चप्पल हेरेर उसलाई के जाँच गराउने के नगराउने भनेर कल्पिन बाध्य म एक डाक्टर ! बिरामीको चप्पल हेरेर उसको खल्तीको गहिराईको आंकलन गर्न बाध्य म एक डाक्टर ! 

Comments

Popular Posts