ल माया ?

टाढा कुनै तालको किनारमा

चन्द्रमाँको छाता ओढ़ि 

म ताराहरू केलाउनेछु 

मेरो गिन्तीमा तिमी आफ़ना अम्ला भाँचिदिनु ल 


बिराट एक बंजर पहाडमा

तिम्रो मायाको डोरी समाई

म सपनाको सिखर चूमनेछु 

मेरो थाकेका पैतालाको हौसला बनिदिनु ल


एउटा सानो घर छ 

त्यहा पुरानो बाकसमा 

तिम्रा दुःखहरू कैद गरिराख़नेछु 

मेरो सुखको बग़ैचामा असरल्लै फुलिदिनु ल 


आमाले दिएको सानो बट्टामा 

सात जन्मका क़सम सजाई राखेको छु 

ति सिन्दूरी रंगका कणकणमा

मेरो मूटु निचोड़ी माया अर्पी राखेको छु 

मुस्कुराउदै त्यसले आफ्नो सिऊदो रंगाईदिनु ल माया 

Comments

Popular Posts