भेटेपछि नछुट्टे हुन्न र?


माया 

फेरि तिम्रो मुस्कानले स्वागत गरन

तिम्रा न्यानो हातले स्पर्श गरन 

फेरि मेरो कपबाट चियाको चुस्की लिउ

फेरि मलाइ तिम्रो हातले भात खुवाउ 


तिम्रा हासोका खित्काहरुले सताउनेछ्न 

तिम्रा आँसु का ढिक्काले थिच्नेछ्न 

तिम्रा न्यानो अंगालोले बोलाउनेछ्न

तिम्रा यादहरुले ती दिनहरु सम्झाउनेछ्न


यो हातले तिम्रो हात खोज्नेछु

सिरानीमा तिम्रो सास खोज्नेछु 

रुदा तिम्रो काध खोज्नेछु

हरेक खानामा तिम्रो स्वाद खोज्नेछु


अपार यादहरुको सहारा दिएकीछौ

मायाको भकारी यो जुनिलाई भरिदिएकी छौ

जीवन दिएकी छौ, खुसी दिएकी छौ

साथ नभएपनि 

जिन्दगी जिउने ज्ञान दिएकि छौ


माया 

सधै साथ हुनपाए कस्तो हुँदा हो जीवन 

देखेका सपना बाच्न पाए कस्तो हुँदा हो जीवन 

अन्तिम सास सङै लिन पाए कस्तो हुँदा हो जीवन 

भेटेर बिछोडिन नपरे कस्तो हुँदा हो जीवन !! 



Comments

Popular Posts