समयले तिम्रा घाउहरु...
एउटा सुन्दर गुलाफ
जो काँडाको बिचमा गलल हाँसिरन्थी
हिलोमा नुहाएर दुखलाई गिजाउथी
आफ्ना अस्थिर चालले गगन थर्काउथी
नग्न थिइ
छ्ल र कपटका दाग कहिँ भेटिन
दङ्ग थिइ
कालो बादल मडारिएको चालै पाइन
मायामा अतृप्त थिइ
उसलाई भन्नू धेरै थियो
त्यसैले निस्पट्ट अनि निसब्द थिइ
एकान्तमा अतालिएर आंसु बगाउथी
अनि डराएर सामिप्यताको तलास गर्थी
तिम्रा चोट विशाल
तिम्रा पिडा अनगिन्ती
तिमीलाई भाग्यले पनि छल गरेछ
दुखको बारीमा आसुले मलजल गरेछ
तिम्रा भिजेका नयनका मुल सुक्दै जाउन
तिम्रा खुम्चिएका मुस्कान फराकिदै जाउन
टुटेका सपना सुन्दर विपनाले जोडिदै जाउन
फाटेका सम्बन्ध बिश्वासका डोरिले कसिदै जाउन
नअतालिनु , नडराउनु
तिम्रा खुशी लुट्ने समय फर्की आउनेछ
नयाँ मानिस, नयाँ खुशी लिएर आउनेछ
यादका पोकालाई अब चितामा जलाइदेउ
सम्झनाका डोका भर्न कोहि अरु आउनेछ
तिम्रा नामका दियो बल्नेछन
तिम्रो खुसीका दिपावली हुनेछ्न
तिम्रा घाउहरु पाक्नेछ्न तर पुरिनेछ्न
केवल केही पलालाई पीडा सहिदेउ
तिमिलाइ फेरि आफ्नो बगैंचामा हुर्काउन
स्वर्गबाटै दैव आउनेछ्न !
Comments
Post a Comment