दुई ढुंगाको मित्रता

डाडाको चुली बाट झरेका दुई सिला
बल्ड्याग खादै खोलामा हाम्फाले
पानीको धारले चिरेका दुई पथ
पछयाउदै ती आफैंमा बिलाए !

किनार खोजौ कि मित्र
या खोलाको बेग सङ लडौ
उल्टो बगेर घर फर्किउ कि
पानीको छाल सङै बजारिदै अघि बढौ २

कुन खाडलमा अडकियौ साथी
कुन भुमरीमा अल्झीयौ
किनार कतै भेटेउ कि सुगम
निस्पट्ट अधेरीमा रुझीगयौ

म तिम्रा लागि झरना बाट झर्न सक्छु
कहालीलाग्दो गहिराइमा डुब्न सक्छु
म तिम्रा लागि बगरको ढुङ्गा बन्न सक्छु
मेरो भाग्यमा अबिर केसरी र फुल लेखिए पनि
भगवान बन्ने हक म तिम्लाइ नाम्सारी गरिदिन सक्छु ! २

किनार तिर झुलुक्क हेर्दा कुनै दिन तिमिलाई देखौ
तिम्रा मन्दिरहरु देखि म मक्ख परौ
म किनारका ढुङ्गा सङ टाउको जोत्दै
मानिसले तिमीलाई दूधले नुहाएको हेर्नेछु

साथमा  खाएका धक्का अनि मुक्का
खोलाको गर्जनमा सुषुप्त हाम्रा कथा लाइ
भिरका बल्ड्याङका निलडामसङ गासी
तिम्रा अमर स्मृती बनाउनेछु

समुन्द्रको नेपथ्यमा मै हराइ जाउ
ढुङ्गाबाट देउता तिमी बनिदिनु।
मान्छेका पुकार सुन्दा आजित होलाउ
एक्दिन मन्दिरको ढोका खोली
खोलाको सङीत सुनिदिनु!
मेरा थकित तेहि सुस्केराहरु मा
तिमी हाम्रो मित्रताको गीत भरिदिनु !

Comments

Popular Posts