मेरी प्रियाका लागि केहि हरफ

सुक्ष्म सुक्ष्म चाल तिम्रा
गगन थर्काउने
नेपथ्यका सुन्यतामा
अमृत बर्साउने।

नयनका भाङ पिलाउ मलाई
तिम्रा ओठहरुको रसपान गराउ
सुन्छु अतीतका तिता यादहरु
एक घुड्की मा निल्छौ रे।
बेहोसी तिम्रा अनगिन्ती
जगतलाई मदहोस गराउने !


तारा पनि तिम्रा कर्के नजरमा कायल
तिम्रा मारुनी चालमा नाच्ने
तिमी हाँस्दा चम्किदिने
अनि तिम्रा अम्लाका चालमा झरिदिने

सुन्छु इन्द्र आफै तिम्रो चक्कर लाउछन रे
चादनी तिम्रो उज्यालोमा भिज्न उदाउछिन रे
स्वर्ग त तेसै बद्नाम छ
अस्लि देवत्व त तिम्रा पैतालाका धुलोमा छ रे।

कलकल बगेका तिम्रा कम्मरका घुम्तीहरु
तेहि देवलोकका पथहरु भए
म तेहि बाटो हिड्ने थिए
थकाइ लागे कतै
आफ्ना दुख तिम्रा छातीमा बिसाउने थिये

तिमिले करुवाको पानी पिउदा।
छछल्किएर पोखिएका थोपाहरु
समाधि का व्यंन्जनकार भए
तेहि थोपासङ मितेरी गासी
हमेशा त्यहि समाहित हुने थिये !

मेरा स्वच्छन्द शब्दको पुजाले
लाजको मिठो मुस्कान बुनिदिए।
तेहि गाठोमा अल्झी भुल्ने थिये।
तिमी सागर अनि म नदि
घामले जति पोले पनि
नग्न बर्षा भइ फेरि तिमीमै पोखिने थिये !!!

Comments

Popular Posts