Sunday, June 26, 2022

आगोलाई राप दिएकी


आगोलाई राप दिएकी 

नदीलाई वहाब दिएकी 

हावालाई चाल दिएकी 

संगीतलाई राग दिएकी


लाग्छ संसार उसकै धुनमा कायल 

 मुस्कुराऊँदा जून हाँसीदिन्छ 

उसका सुस्केराहरू मा जीवनले सास फेर्छ

उसका मोहहरूमा झरनाले गीत गाउछ


लाग्छ यो कथा तिम्रो हो

यसमा  तिमीलाई माया गर्ने प्रेमी

लाग्छ यो कविता तिम्रो हो

यसमा छंद भर्ने  एक कवि 


तिम्रो निधारको कोठीले बोलाउछ मलाई

सिंदुरको धर्कोले लुकाईदेऊ मलाई भनेझै

तिम्रा केशका घुमतीहरूले बोलाउछन मलाई

रूमल्लीएर जीवन यहीं बिताईदेऊ भनेझै


तिम्रा हाथका नसाहरूमा 

मेरो माया बग्नुपर्छ

तिम्रा ओठका लालीहरूमा

मेरो खुसी पग्लिनुपर्छ

दुःख तिम्रा हुन मुटु कूड़ाउने

तर आँसु सबै मेरा बग्नुपर्छ


पहेलो सारी अनि कालो चोलीमा

तिमिले ब्राह्मणलाई ओगटेकि छौ

मेरो आदि अनि अन्त्य तिमी 

आफ़ना न्यानो अंगालोमा तिमिले

मेरो जीवन समेटेकि छौ ! 


सब्द रहूंजेल तिम्रो बयान गरिरहु

तिमीलाई हरेक दिन एकचित्तले पढ़ीरहु

आखा नबिझाऊंजेल तिमिलाई हेरिरहु

क़ोसौ टाढा भएपनि

तिमीलाई हावा बनि छोईरहूँ 

एक मुट्ठी सास साँचेर भएपनि

मात्र तिम्रा लागी बाँचीरहु ! 

No comments:

Post a Comment

My Precious Phone

 People can't live without their phones. Neither can I. I think phones are extremely precious and valuable. Thus, I have started storing...