You are not alone, you have me !

तिम्रा आँसुको मुहान कता छ ?

मलाई त्यो पहाड उक्लिन मन छ

मेरा पैताला काँडाले छियाछिया हुन

मेरो सास फुलेर मुटु हत्केलामा आओश

त्यो पहाडबाट म हजारपल्ट लड़ौ 

मेरो जीवननै तेही टाकुराको खोजीमा अन्त्य होस

नर्कको कुण्डमा होमिनै किन नपरोश 

मलाई तिम्रो आँसुको मुहान भेट्टाउनुछ २

तिम्रो दुःखको ताललाई

मेरो न्यानो प्रेमको रापले सुकाउनुछ ! 


तिम्रो मुस्कान यति फ़राकिलो होस

त्यहा आँसु बग्ने कुलेसोनै पुरीयोस

तिम्रा खुसी यति बिशाल हुन

त्यहा दुःख उम्रिने ज़मीननै बाँझों रहोस ! 


मुस्कानका पर्दाले लुकाएका पिडाहरू 

अलिकती मेरो मुटुमा पनि सारीदेऊ 

तिम्रा आँसुहरू मेरा आँखाबाट बग्नदेउ 

तिम्रा घाउहरूले मलाई पनि पोल्न देउ 


सब्दमा बयान गर्नुपर्दैन २

मुटुलाई मुटुसंग बात गर्नदेउ

आँखालाई आँखामा डुब्नदेऊ

तिम्रा भारी अलिकती यो काधमा बिसाइदेऊ 

संसारको भारले  तिम्रा कोमल छाला लुसीसके २

अलिकती मायाको ओखतीले तिम्रा घाउहरु सेक्नदेऊ ! 


तिम्रा दुःखको इतिहास कुन किताबमा लेखिएको छ ? 

मलाई त्यो गाथाको एकएक हरफ पढ़न मन छ

तिम्रा कथाहरू पढी म आफ़ै पागल भएपनि

तिम्रा कविताले मेरो मुटु टुक्राटुक्रा भएपनी

तिम्रा दुःख केलौदा मेरा केशहरूनै फुलेपनि 

मलाई तिम्रा दुःख बुझ्ने पात्र बन्नूछ २

दुःखले भरीएका ति थोत्रा ग्रन्थहरू जलाई

मायाले तिम्रो सुन्दर भविस्यको कहानि रच्नूछ ! 


खोलाले आफुलाई कति एक्लो सोच्दो हो

तर किनारले कहिले उसको साथ छोड़छ र ? 

गुलाफले आफूलाई काँडाले घेरिएको अभागी सोचेपनि

कविले उसको अर्चनामा कविता लेख्न छोड़छ र ?


तिमी दुःखी भए म पनि दुःखी

तिम्रो भाग्यमा अभाग भए म पनि अभागी २

तिम्रा आँसुका मुहान पनि भेट्टाउनेछु 

तिम्रा दुःखका ग्रन्थहरू पनि पढ़नेछु 

तिमी संगै रूनेछु, तिमी संगै लड्नेछु

ज़िन्दगीले तिमिलाई हरायो भने

त्यो हारको आधा हिस्सा हाँसी हाँसी अंगाल्ने छु ! 

बस तिमी एक्लै आँसुहरू खसाल्न बन्द गर माया २ 

तिम्रा आँसुलाई मुस्कानमा बदल्न 

म एक पल पनि नसोचि आफुलाई क़ुर्बान गर्नेछु ! २ 

Comments

Popular Posts