Sunday, June 26, 2022

आगोलाई राप दिएकी


आगोलाई राप दिएकी 

नदीलाई वहाब दिएकी 

हावालाई चाल दिएकी 

संगीतलाई राग दिएकी


लाग्छ संसार उसकै धुनमा कायल 

 मुस्कुराऊँदा जून हाँसीदिन्छ 

उसका सुस्केराहरू मा जीवनले सास फेर्छ

उसका मोहहरूमा झरनाले गीत गाउछ


लाग्छ यो कथा तिम्रो हो

यसमा  तिमीलाई माया गर्ने प्रेमी

लाग्छ यो कविता तिम्रो हो

यसमा छंद भर्ने  एक कवि 


तिम्रो निधारको कोठीले बोलाउछ मलाई

सिंदुरको धर्कोले लुकाईदेऊ मलाई भनेझै

तिम्रा केशका घुमतीहरूले बोलाउछन मलाई

रूमल्लीएर जीवन यहीं बिताईदेऊ भनेझै


तिम्रा हाथका नसाहरूमा 

मेरो माया बग्नुपर्छ

तिम्रा ओठका लालीहरूमा

मेरो खुसी पग्लिनुपर्छ

दुःख तिम्रा हुन मुटु कूड़ाउने

तर आँसु सबै मेरा बग्नुपर्छ


पहेलो सारी अनि कालो चोलीमा

तिमिले ब्राह्मणलाई ओगटेकि छौ

मेरो आदि अनि अन्त्य तिमी 

आफ़ना न्यानो अंगालोमा तिमिले

मेरो जीवन समेटेकि छौ ! 


सब्द रहूंजेल तिम्रो बयान गरिरहु

तिमीलाई हरेक दिन एकचित्तले पढ़ीरहु

आखा नबिझाऊंजेल तिमिलाई हेरिरहु

क़ोसौ टाढा भएपनि

तिमीलाई हावा बनि छोईरहूँ 

एक मुट्ठी सास साँचेर भएपनि

मात्र तिम्रा लागी बाँचीरहु ! 

Friday, June 24, 2022

माया गर्नेलाई त जस्ले नि माया गर्नसक्छ

 माया गर्नेलाई  जस्ले नि माया गर्नसक्छ 

तिमीलाई मायानै गर्न नसक्नेलाई माया गरी हेर

खुल्ने ढोका भित्र  जो पनि छिर्नसक्छ

बन्द ढोकाको अघि कुरेर जिवन बिताई हेर


तिमी कसैलाई अमृत पिलाएर हेर

तर उस्ले बदलामा बिस ओकलोस 

तिमी कसैलाई सासको डोरीले थामीरख

उस्ले तिमि अडिएको हाँगा काटीदीयोस


प्रेमका पत्रहरू हज़ार पाना भर

ति पानाहरू चूरोटको खिल्ली बनाई 

तिम्रो माया हावामा उड़ाईदीयोस ! 

तिम्रा आँखा उस्का सपनाहरूले टिलपिल हुन 

उस्का सपनाका बदला उस्ले

तिमिलाई अविरल आँसुको पुरस्कार देओस 


तिमी उस्लाई तेही गोरेटोमा कुरी बस

 ज़िन्दगीको गाड़ी हतारहतार चढोस 

तिमी मायाका कोकिल गीतहरू गाउ

वचनका वाणले उस्ले तिमिलाई घोचिरहोस


उस्लाई मायाले पग़ाल्ने कोसिस गरिराख 

 ढुङ्गो  बनोससबैले उस्को पूजा गरून 

उस्लाई भिड़को तालीमा रमाउन देऊ 

एक्लोपनको सिरेटोले तिमिलाई नै पोलिरहोस ! 


यस्तो माया ग़र तिमी

जसलाई गरेको उसले कहिले नबुझोस

तर इतिहासले तिम्रो माया सधै सम्झिरहोस !



Friday, June 10, 2022

भन माया तिमिले


मेरो आवाज सुनेबिना कटेका दिन तिम्रा

सुन्ने , सुन्य हूँदा हुन या हर्षले गदगद 

मेरो मुहार देखेबिना बितेका दिन तिम्रा

मलिननिरस हूँदा हुन या रंगीन उत्सव


मेरा अंगालोका रेखाभित्र सजाइएको

तिम्रो सरीर कुन बंधनमा बेरिएको होला

मेरा अम्लाका कापमा कसीएका

तिम्रो हाथ कुन समुंद्र चरदै होला


मलाई एक पल्ट पनि नसम्झी

मेरा सोच एक पल्ट पनि नकल्पी

मेरा कविता एकपल्ट पनि नपढि

भन कति दिन बित्यो ?

मलाई आफ़नो आँखाबाट टाढा बनाई 

मेरो प्रेमको तड़पनमा कति रात बित्यो


मैले छोएका तिम्रा सरिरका कुनाहरू 

कून अमृतले धोई पवित्र गर्ने होला ?

मैले चुमेका तिम्रा अंगका रागहरू

कून इत्तर छरी भगाउने होला ?

मेरो माया पोखाएर रित्तो बनाएको तिम्रो मुटु 

अब कसको प्रेमले फेरि भर्नसक्ने होला ?


ति यादका पोकालाई कहाँ लुकाई राख्नेहोला ?

मेरो प्यास कुन मूलको पानी खाई मेटाउनेहोला

भन माया तिमीले 

मेरो प्यास कुन मूलको पानी खाई मेटाउनेहोला?  




Tuesday, May 31, 2022

You are not alone, you have me !

तिम्रा आँसुको मुहान कता  ?

मलाई त्यो पहाड उक्लिन मन 

मेरा पैताला काँडाले छियाछिया हुन

मेरो सास फुलेर मुटु हत्केलामा आओश

त्यो पहाडबाट  हजारपल्ट लड़ौ 

मेरो जीवननै तेही टाकुराको खोजीमा अन्त्य होस

नर्कको कुण्डमा होमिनै किन नपरोश 

मलाई तिम्रो आँसुको मुहान भेट्टाउनुछ 

तिम्रो दुःखको ताललाई

मेरो न्यानो प्रेमको रापले सुकाउनुछ ! 


तिम्रो मुस्कान यति फ़राकिलो होस

त्यहा आँसु बग्ने कुलेसोनै पुरीयोस

तिम्रा खुसी यति बिशाल हुन

त्यहा दुःख उम्रिने ज़मीननै बाँझों रहोस ! 


मुस्कानका पर्दाले लुकाएका पिडाहरू 

अलिकती मेरो मुटुमा पनि सारीदेऊ 

तिम्रा आँसुहरू मेरा आँखाबाट बग्नदेउ 

तिम्रा घाउहरूले मलाई पनि पोल्न देउ 


सब्दमा बयान गर्नुपर्दैन 

मुटुलाई मुटुसंग बात गर्नदेउ

आँखालाई आँखामा डुब्नदेऊ

तिम्रा भारी अलिकती यो काधमा बिसाइदेऊ 

संसारको भारले  तिम्रा कोमल छाला लुसीसके 

अलिकती मायाको ओखतीले तिम्रा घाउहरु सेक्नदेऊ ! 


तिम्रा दुःखको इतिहास कुन किताबमा लेखिएको  ? 

मलाई त्यो गाथाको एकएक हरफ पढ़न मन 

तिम्रा कथाहरू पढी  आफ़ै पागल भएपनि

तिम्रा कविताले मेरो मुटु टुक्राटुक्रा भएपनी

तिम्रा दुःख केलौदा मेरा केशहरूनै फुलेपनि 

मलाई तिम्रा दुःख बुझ्ने पात्र बन्नूछ 

दुःखले भरीएका ति थोत्रा ग्रन्थहरू जलाई

मायाले तिम्रो सुन्दर भविस्यको कहानि रच्नूछ ! 


खोलाले आफुलाई कति एक्लो सोच्दो हो

तर किनारले कहिले उसको साथ छोड़छ  ? 

गुलाफले आफूलाई काँडाले घेरिएको अभागी सोचेपनि

कविले उसको अर्चनामा कविता लेख्न छोड़छ  ?


तिमी दुःखी भए  पनि दुःखी

तिम्रो भाग्यमा अभाग भए  पनि अभागी 

तिम्रा आँसुका मुहान पनि भेट्टाउनेछु 

तिम्रा दुःखका ग्रन्थहरू पनि पढ़नेछु 

तिमी संगै रूनेछुतिमी संगै लड्नेछु

ज़िन्दगीले तिमिलाई हरायो भने

त्यो हारको आधा हिस्सा हाँसी हाँसी अंगाल्ने छु ! 

बस तिमी एक्लै आँसुहरू खसाल्न बन्द गर माया  

तिम्रा आँसुलाई मुस्कानमा बदल्न 

 एक पल पनि नसोचि आफुलाई क़ुर्बान गर्नेछु !  

My Precious Phone

 People can't live without their phones. Neither can I. I think phones are extremely precious and valuable. Thus, I have started storing...