माया

बन्जर मनमा तिम्रो मुस्कानको मुहान फुटेर आयो

सुन्सान मोडमा तिम्रो ध्वनिले नेपथ्य गुन्जाएर आयो

थाकेका पाखुरामा तिम्रो साथ जीवन बनेर आयो

हारेका सपनामा तिम्रो विपना जित बनेर आयो 


अँध्यारो मनमा तिम्रो दन्तलहर प्रकाश बनी आयो

कठ्याङृएको हृदयमा तिम्रो मुस्कान राप बनी आयो


कहाँ थियौ माया

मुटुको कुनाकाप्चामा तिमिलाइ  खोजे

मन्दिरका मुर्तिहरुमा तिमिलाइ खोजे 

संगीतको धुनमा तिमिलाइ खोजे

प्राथनाका आस्थाहरुमा तिमिलाइ खोजे

किताबका नसाहरुमा तिमिलाइ खोजे


अब ती आखाले बस मलाइ देखुन 

ती ओठले केवल मलाइ चुमुन

तिम्रो कानहरुमा मेरा गीत गुन्जिउन 

तिम्रा हरेक अंगहरु मेरो स्पर्शले भिजुन


यी हातले तिम्रा हरेक घुम्तीहरु स्पर्श गर्नुछ

मायाले मुटु नभरिन्जेल तिम्रा ओठहरु चुम्नुछ

आखाहरु नभिझुन्जेल सपनाहरूमा रमाउनुछ 

मेरा यादले नपोलिन्जेल तिम्लाइ अंगालोमा बेर्नुछ!

Comments

Popular Posts