आफन्त
मैले मीठो खादा, तिम्रो मुख रसाउनै पर्छ
म सिखर चड्दा, तिम्ले खुट्टा तान्नै पर्छ
मेरो भकारी भरिदा, तिम्रो मन रित्तनै पर्छ
मैले आड पाउदा, तिमी लर्बराउनै पर्छ
मैले "आफ्नो" भन्दा तिमी "अन्त" लाग्नै पर्छ
त्यसैले त तिमी "आफन्त" हौ
तिमी हुदाहुदै मलाई दुश्मनको के खाचो
मेरो स्नेहलाई तिम्ले विष भनी पिउनै पर्छ
मेरो साथलाई तिम्ले तगारो सम्झी धिक्कार्नै पर्छ
मेरो आँखा रसाउदा तिम्ले दिपावलि मनाउनै पर्छ
मेरो आगन पोलिदा तिम्ले जुठो बार्नै पर्छ
मैले इस्ट भन्दा तिम्ले मलाइ दुष्ट भन्नै पर्छ
त्यसैले त तिमी "आफन्त" हौ
तिमी हुदाहुदै मलाई दुश्मनको के खाचो
मैले सपना देखे तिम्ले विपनामा झेल गर्नै पर्छ
मैले बाटो बनाए तिम्ले त्यस्मा ठुलो खाल्डो खन्नै पर्छ
मैले सिस्नु खादा, डाहले तिम्रो चुलोको साग डड्नै पर्छ
मैले छानो टाल्दा, ईष्र्याले तिम्रो बार्दली भत्किनैपर्छ
मैले तिम्लाइ पुर्ने पहिरो थाम्दा, तिम्ले मेरो खोइरो खन्नैपर्छ
त्यसैले त तिमी "आफन्त" हौ
तिमी हुदाहुदै मलाई दुश्मनको के खाचो !
Comments
Post a Comment