तिम्रा आँसुको मुहान कता छ ?
मलाई त्यो पहाड उक्लिन मन छ
मेरा पैताला काँडाले छियाछिया हुन
मेरो सास फुलेर मुटु हत्केलामा आओश
त्यो पहाडबाट म हजारपल्ट लड़ौ
मेरो जीवननै तेही टाकुराको खोजीमा अन्त्य होस
नर्कको कुण्डमा होमिनै किन नपरोश
मलाई तिम्रो आँसुको मुहान भेट्टाउनुछ २
तिम्रो दुःखको ताललाई
मेरो न्यानो प्रेमको रापले सुकाउनुछ !
तिम्रो मुस्कान यति फ़राकिलो होस
त्यहा आँसु बग्ने कुलेसोनै पुरीयोस
तिम्रा खुसी यति बिशाल हुन
त्यहा दुःख उम्रिने ज़मीननै बाँझों रहोस !
मुस्कानका पर्दाले लुकाएका पिडाहरू
अलिकती मेरो मुटुमा पनि सारीदेऊ
तिम्रा आँसुहरू मेरा आँखाबाट बग्नदेउ
तिम्रा घाउहरूले मलाई पनि पोल्न देउ
सब्दमा बयान गर्नुपर्दैन २
मुटुलाई मुटुसंग बात गर्नदेउ
आँखालाई आँखामा डुब्नदेऊ
तिम्रा भारी अलिकती यो काधमा बिसाइदेऊ
संसारको भारले तिम्रा कोमल छाला लुसीसके २
अलिकती मायाको ओखतीले तिम्रा घाउहरु सेक्नदेऊ !
तिम्रा दुःखको इतिहास कुन किताबमा लेखिएको छ ?
मलाई त्यो गाथाको एकएक हरफ पढ़न मन छ
तिम्रा कथाहरू पढी म आफ़ै पागल भएपनि
तिम्रा कविताले मेरो मुटु टुक्राटुक्रा भएपनी
तिम्रा दुःख केलौदा मेरा केशहरूनै फुलेपनि
मलाई तिम्रा दुःख बुझ्ने पात्र बन्नूछ २
दुःखले भरीएका ति थोत्रा ग्रन्थहरू जलाई
मायाले तिम्रो सुन्दर भविस्यको कहानि रच्नूछ !
खोलाले आफुलाई कति एक्लो सोच्दो हो
तर किनारले कहिले उसको साथ छोड़छ र ?
गुलाफले आफूलाई काँडाले घेरिएको अभागी सोचेपनि
कविले उसको अर्चनामा कविता लेख्न छोड़छ र ?
तिमी दुःखी भए म पनि दुःखी
तिम्रो भाग्यमा अभाग भए म पनि अभागी २
तिम्रा आँसुका मुहान पनि भेट्टाउनेछु
तिम्रा दुःखका ग्रन्थहरू पनि पढ़नेछु
तिमी संगै रूनेछु, तिमी संगै लड्नेछु
ज़िन्दगीले तिमिलाई हरायो भने
त्यो हारको आधा हिस्सा हाँसी हाँसी अंगाल्ने छु !
बस तिमी एक्लै आँसुहरू खसाल्न बन्द गर माया २
तिम्रा आँसुलाई मुस्कानमा बदल्न
म एक पल पनि नसोचि आफुलाई क़ुर्बान गर्नेछु ! २