तिम्रो मेरो आकाश एउटै भए
हामीले टेकने माटो एउटै भए
हामीलाई छुने हावा एउटै भए
नयनले देखने संसार एउटै भए
मेरो हातमा तिम्रो हात भए
छातीमा तिम्रो अंगालोको राप भए
मेरो ओठमा तिम्रो स्वाद भए
मेरा गीतमा तिम्रो मुस्कान भए
तिमी उता नभई यता भए
हाम्रो दुरी सून्य भए
माया गर्नुको मीठास कहाँ हुन्थ्यो र ?
यादहरूको घुटकीमा सुबास कहाँ हुन्थ्यो र ?
एक युगपछि फेरी ति हात समाऊँदा
एक जूनीपछि फेरी तिमिलाईं चुम्दा
मेरो आत्माले पनि प्यास मेट्छ होला
मेरो आँत पनि तृप्त हुंछ होला
तिमि र म फेरि संगै हुने दिन
ब्रह्माण्डले स्नान गर्नेछ
ति निर्जीब दुर्जन ढूँगा बाट पनि
मायाको मुहान फ़ुटनेछ !!