" यथार्थको कारखाना"
जिब्रोले गुलियो भेटे, तितो भन्नू
तिघ्राले मासु भेटे, बोसो भन्नू
ओठले हासो भेटे, आँसु बगाइदिनु
हृदय छियाछिया हुँदा, खित्का छोडिदिनु
आशिर्वाद दिदा मुठ्ठी बटारिदिनु
सराप दिदा अङालो खोलिदिनु
सुकिलो सिसामा धुलो छर्किदिनु
फोहोर जति आफ्नै मुहारमा पोतिदिनु
पानीलाई भिजाउनु
सुर्यलाई सुकाउनु
पिठोलाई चामल बनाउनु
तेललाई तोरि बनाउनु
मन्दमन्द पवनलाई हुरि बनाउनु
खेतमा लाउने कुलोलाई बाढी बनाउनु
निधारको टीका सपक्कै पुसिदिनु
फुलको माला पत्रपत्र च्यातीदिनु
माया दिनेलाई उपहास दिनु
गाली दिनेलाई उपहार दिनु
तिर्खा लागे बन्जर तिर लाग्नु
तिरको टुप्पोले सधैं आफ्नै आँखा ताक्नु
बलेको चुलोमा बालुवा खनाइदिनु
स्थिर तालमा डडेलो लगाइदिनु
गोरेटोमा खाल्डो खनिदिनु
करेसा बारिमा एक रास बिस्टाइदिनु
शीतल छ्हारिको जरा उखेलीदिनु
घरबारिमा तितेपातीको बगैंचा रोपिदिनु
आकासतिर इनार खनिदिनु
सिधा हिंड्न भर्र्याङ् बनाइदिनु
मुन्टोले टेकेर हिडिदिनु
दुई पैताला जोडि नमन गरिदिनु
आर्यघाट पनि डोलि चढाइ लानु
आज मरे भोलि एक दिन मान्नु
तौललाई तौलीदिनु
अन्धोलाई देखाइदिनु
भगवनलाई तिरस्कार गरिदिनु
दुष्टको पाउ मोलिदिनु
पर्सिलाई हिजो बाच्नु
एक मुठ्ठी सास मरेपछिलाई साच्नु
आँखा खोलेर सपना हेरिदिनु
यथार्थको कारखानामा झुठको खेती गरिदिनु !
-- पवन राज पाठक