Thursday, June 4, 2020

#jail #without #bail

नसोध यी परेलीलाई सपना के हो
यी अब बन्द हुन छोडिसके
नसोध यी हातलाई भाग्य के हो
यी आफ्नै रगतका रङ्गले रंगीसके

लाग्थ्यो म सिथिल शरीर मा सास भर्न सक्छु
पाकेका घाउ हरु निको पार्न सक्छु
लुछिएका चौटाहरु फेरि मिलाएर  गास्न सक्छु
निभेका आशा हरु लाई मुस्कानका ज्योतिले बाल्न सक्छु

मान्छे नै ठिक थिये तिमिले मलाइ देउता बनायौ
जुन ढुङ्गा लाई पुजा गर्थेउ
तेहि ढुङ्गाले आज मेरो भाग्य फुटायौ
जुन डोरीले तिम्रा प्राण कसिराखेको थिये
तेहि डोरि आज तिमिले च्वाट्ट छिनायौ !

यो सेतो कोट कसैको दाइजो हैन
पसिना र आँसु का खोला बगाइ
 निख्खर सेतो हुने गरि धोएको छु
 यो कठालो गुन्डाले समाउने चुरोटको खिल्ली हैन
 एस्लाइ मैले मेरा बाउआमाको सपना बेची सिएको छु !

अन्धाहरु को सन्सारमा
म इन्द्रेणीको बखान गर्दै हिड्ने पागल रहेछु
बहिराहरु को सन्सारमा
म पीडाका भाका सुनाउदै हिड्ने पागल रहेछु
ढुङ्गाले रोग छु मन्तर पार्ने सन्सारमा
मेरा स्नेहले तिम्रो पीडा चिर्न खोज्ने पागल रहेछु

मानवता लाइ नै हैजा लागेपछि
सबैभन्दा पहिला मेरै बलि चड्ने रहेछ यहाँ
काट मार मेरो रगत तिम्रा देउतालाई चढाउ
तर बिन्ती मुख मा राम-राम बगलीमा छुरा लिइ
डाक्टर साब मलाइ बचाइदेउ भन्दै नआउ ! २

#jail #without #bail

My Precious Phone

 People can't live without their phones. Neither can I. I think phones are extremely precious and valuable. Thus, I have started storing...